चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न अनुरोध « Khabarhub

चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न अनुरोध


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पर्सा – सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन अनुरोध गरेको छ ।

सडक डिभिजनका डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले सोमबार सार्वजनिक सूचना जारी गरेर तीन दिनभित्र पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा सडकबीच भागबाट दायाँ–बायाँ २५र२५ मिटर सीमाभित्र अनधिकृत तवरले निर्माण गरिएका घरटहरा हटाउनका लागि अनुरोध गरेका छन् ।

उनले अटेर गरी आदेश कार्यान्वयन नगरेमा सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानुनबमोजिम कारबाही हुने बताए ।

कार्यालयले सडक विभागको स्वीकृति प्राप्त नगरी सार्वजनिक सडक र सडक सीमाभित्र अनधिकृत तवरले निर्माण गरिएका घररटहरा हटाउनका लागि यसअघि विसं २०७३ पुस १८ गते र २०८० असार ९ गतेलगायतका विभिन्न मितिमा डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : ३१ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका