नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा « Khabarhub

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर गम्भीर प्रश्न उठाउँदै तत्काल राजीनामाको माग गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका एक व्यवसायीसँग गृहमन्त्रीको व्यापारिक साझेदारी रहेको, साथै २०८२ चैत २९ मा सार्वजनिक गरिएको सम्पत्ति विवरणमा ‘जेन–जी आन्दोलन’पछि खरिद गरिएको सेयर नखुलाइएको आरोप लगाइएको छ। ती सम्पत्तिको स्रोत सार्वजनिक गर्न, सत्यतथ्य स्पष्ट पार्न र निष्पक्ष अनुसन्धानका लागि राजीनामा दिन संघले माग गरेको छ।

त्यसैगरी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी तथा सुशासनको पक्षमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरूको पक्राउप्रति संघले आपत्ति जनाएको छ। पक्राउ पर्नेहरूमा केन्द्रीय सदस्य भुवन भट्ट, सिटिईभिटि अध्यक्ष कुम्मराज देउवा तथा विद्यार्थी नेता नवीन बिष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल बिसी रहेका छन् ।

संघले शान्तिपूर्ण आन्दोलनमा सहभागी सबै विद्यार्थी नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। अन्यथा, थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।

उक्त विषयमा जानकारी गराउँदै संघका का।बा। सभापति नविन पौडेलले विद्यार्थी आन्दोलन लोकतन्त्रको आधार भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ९ : ४४ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न