हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित « Khabarhub

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले इन्डियन प्रिमियर लिग (आईपीएल) को ३१ औँ खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ४७ रनको फराकिलो जित दर्ता गरेको छ। मंगलबार राति हैदराबादस्थित घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २४२ रनको विशाल योगफल तयार पारेको थियो।

हैदराबादका लागि ‘प्लेयर अफ द म्याच’ समेत चुनिएका अभिषेक शर्माले सानदार ब्याटिङ गरे। उनले ६८ बलको सामना गर्दै १३५ रनको अविजित इनिङ खेले। उनको यो विष्फोटक प्रदर्शनमा दिल्लीका कुनै पनि बलर टिक्न सकेनन्। विशाल लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १९५ रन बनाउन सक्यो।

खेलको सुरुदेखि नै आक्रामक देखिएका अभिषेकले मैदानको चारैतिर प्रहार गर्दै दिल्लीको बलिङ लाइनअपलाई ध्वस्त पारेका थिए। ब्याटिङमा मात्र नभई फिल्डिङमा पनि उनले दुई महत्त्वपूर्ण क्याच लिँदै टोलीको जितमा बहुआयामिक भूमिका निर्वाह गरे।

२४३ रनको कठिन लक्ष्य पछ्याएको दिल्लीले सुरुदेखि नै दबाब झेल्नुपरेको थियो। नियमित अन्तरालमा विकेट गुमाएको दिल्लीका लागि कुनै पनि ब्याटरले ठुलो साझेदारी गर्न सकेनन्। दिल्लीका नितिश रानाले ५७ रन जोड्दै अर्धशतक बनाउनु बाहेक अन्य ब्यट्सम्यान टिक्न सकेनन् ।

यो जितसँगै सनराइजर्स हैदराबाद अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित दिल्ली पाँचौँ स्थानमा छ। हैदरबादले सात खेलमा चार जित निकाल्दै आठ अंक जोडेको छ भने ६ खेल खेलेको दिल्लीले तीन जितसहित ६ अंक जोडेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ६ : २२ बजे

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो