दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ) « Khabarhub

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै प्रारम्भिक जाँचबुझ प्रतिवेदन तयार पारेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि अनुसन्धान भएको हो । बोर्डले भट्टले धितोपत्र ऐनविपरीत कृत्रिम कारोबार गरी बजार प्रभावित पारेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा भट्टले वास्तविक लेनदेनविना नै उधारोमा सेयर कारोबार गरी कृत्रिम रूपमा मूल्य वृद्धि गराएको बोर्डको ठहर छ ।

भट्टले आफू र आफ्नो परिवारको स्वामित्व रहेका हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ, र नेपाल माइक्रो इन्स्योरेन्सजस्ता कम्पनीबीच आपसमा सेयर खरिद–बिक्री गरी मूल्यमा उतारचढाव ल्याएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा बोर्डले दिपक भट्टलाई मुख्य आरोपित बनाएको छ । शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई पनि मतियारका रूपमा प्रतिवेदनमा समेटेको छ ।

यस्तै, हिमालयन रिइन्स्योरेन्स लगायतका संस्था र व्यवसायी शेखर गोल्छा तथा रोहित गुप्तालाई पनि यो कसुरमा सहयोग गरेको आरोप लगाइएको छ ।धितोपत्र बोर्डले यस प्रकरणमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९६ बमोजिमको कसुर भएको भन्दै थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ९ : १८ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने