निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत « Khabarhub

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा राष्ट्रिय समाचार समिति (रासस)ले सम्प्रेषण गरेका समाचार सामग्री सङ्ग्रहित प्रतिवेदन निर्वाचन आयोगसमक्ष प्रस्तुत गरिएको छ । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई राससका अध्यक्ष उदयबहादुर रानामगरले राससबाट सम्प्रेषित निर्वाचनसम्बन्धी समाचार, अन्तर्वार्ता, तस्बिर श्रव्य दृश्यसहितको प्रतिवेदन आज हस्तान्तरण गरेका हुन् ।
 
एक हजार १२८ पृष्ठको प्रतिवेदनमा नेपाली, अङ्ग्रेजी, मैथिली, नेपाल र अवधी भाषामा सम्प्रेषित समाचारहरु र एक हजार ४०० वटा तस्बिर समेटिएका छन् ।  

प्रतिनिधिसमा निर्वाचन, २०८२ को तयारीस्वरुप राससले छुट्टै निर्वाचन डेस्क स्थापना गरेर यससम्बन्धी समाचारहरूको समन्वय र सम्प्रेषण गरेको थियो । 

निर्वाचन प्रारम्भ हुने दिन आममतदाताको स्मृतिमा रहोस् भन्ने उद्देश्यले १०० दिन अघिदेखि नै राससले आफ्नो वेबसाइटमा निर्वाचन हुन यति दिन बाँकी अर्थात् ‘काउन्टडाउन’ सुरु गर्नका साथै प्रत्येक दिन पहिलो समाचार निर्वाचनसम्बन्धी सम्प्रेषण गरेको थियो । 

निर्वाचन आयोगसँगको समन्वयमा राससले आफ्नो ६५औँ वार्षिकोत्सवको सन्दर्भ पारेर काठमाडौँसहित सातै प्रदेशमा निर्वाचन र आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।
 
त्यस अवसरमा निर्वाचन डेस्क प्रमुख एवं प्रमुख समाचारदाता एकराज पाठकले प्रतिवेदनबारे जानकारी दिँदै निष्पक्ष रूपमा निर्वाचन गराउने सरकार र आयोगको प्रतिबद्धताअनुरुप राससले प्राथमिकताका साथ काम गरेको बताए । 

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा निर्वाचन आयु्क्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा, निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई, राससका महाप्रबन्धक सन्दीप राई, प्रबन्धसम्पादक उत्तम सिल्वाल, आलेख शाखा प्रमुख कृष्ण अधिकारी, प्रधानसम्पादक एवं प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी, खोजी समाचार ब्यूरो प्रमुख नारायणप्रसाद न्यौपाने थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  २ : १६ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,