उपनिर्वाचन २०७६ः स्वतन्त्र उम्मेदवारले दर्ता गराए पहिलो मनोनयन « Khabarhub

उपनिर्वाचन २०७६ः स्वतन्त्र उम्मेदवारले दर्ता गराए पहिलो मनोनयन


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा बिहीबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेर १५ मिनेटमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने कृष्णप्रसाद पाध्याले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी १० बजेर ३० मिनेटमा चाँगुनारायण नगरपालिका– ५ छालिङ बस्ने जीवन नेपालीले दोस्रो उम्मेदवारी दर्ता गराए । दुवै उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकृत सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए ।

दलहरुका तर्फबाट भने साझा पार्टीले पहिलो उम्मेदवारी दर्ता गराएको छ । जुलुस र तामझाका सहित गएको साझा पार्टीले पौने ११ बजे सुरज प्रधानको उम्मेदवारी दर्ता गराएको छ ।

आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । विसं २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिष्काघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  २ : १५ बजे

भिनिसियस भर्सेज हालाण्ड : विश्वकपमा नर्वे र ब्राजिलको रोचक भीडन्त आज

काठमाडौं- विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत राउण्ड अफ १६ मा

सरकारले गरीखाने वर्गलाई उठिबास लगायो, राष्ट्रियता कमजोर बनायो : एमाले सचेतक घतानी

काठमाडौं- नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्बन्ध सुमधुर छैन

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने

काठमाडौं– पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति

म्याग्दी– म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड

साहित्यकार चालिसेको ‘अम्मल’ कथासङ्ग्रह सार्वजनिक

काठमाडौं– साहित्यकार अच्युतप्रसाद चालिसेद्वारा लिखित दोस्रो साहित्यिक कृति ‘अम्मल’ कथासङ्ग्रह औपचारिक