काठमाडौंमा चिनियाँ राजदूत चाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम « Khabarhub

काठमाडौंमा चिनियाँ राजदूत चाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत चाङ माओमिङको स्वागतार्थ बुधबार विशेष कार्यक्रम गरिएको छ।

नेपालका लागि चीनका राजदूत चाङ माओमिङकको सम्मानमा ‘वसन्तको स्वर: गीतसँगै भित्री मङ्गोलियाको यात्रा’ शीर्षकमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

चिनियाँ राजदूतावासले आयोजना भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीसहितका उच्च पदस्थ अधिकारी सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राजदूत चाङ माओमिङले नेपालको राजदूतका रूपमा जिम्मेवारी सम्हाल्न पाएकोमा खुसी व्यक्त गरे ।

उनले आफ्नो कार्यकालमा नेपाल–चीन सम्बन्धलाई अझै विस्तार र नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले दुई देशबीचको परम्परागत मित्रता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

राष्ट्रिय सभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध विशेष रहेको बताइन् ।

उनले जनस्तरमा रहेको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालको विकासमा चीनले गरेको सहयोगप्रति आभार व्यक्त गरिन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध ऐतिहासिक र सौहार्दपूर्ण रहेको बताए ।

उनले नेपाली भूमि कुनै पनि छिमेकी देशविरुद्ध प्रयोग हुन नदिने नेपालको स्पष्ट नीति रहेको बताए । विशेष गरी चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याए ।

अर्थमन्त्री वाग्लेले सांस्कृतिक आदानप्रदान दुई देशबीचको सम्बन्धको महत्वपूर्ण पक्ष रहेको बताए । उनले जनता–जनताबीचको सम्बन्ध अझ बलियो हुँदै गएको उल्लेख गरे ।

यसका साथै चीनले नेपाललाई ल्यान्डलिंक्ड देश बनाउन निरन्तर सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।

उनले चक्रपथ विस्तार, रेल परियोजना निर्माण, निजामती अस्पताल र मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि चीनले गरेको सहयोगको प्रशंसा गरे ।

उनले नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त सफल र सौहार्दपूर्ण रहेको उल्लेख गर्दै आधुनिक विकासका क्षेत्रमा सहकार्य अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ‘वसन्तको स्वर: गीतसँगै भित्री मङ्गोलियाको यात्रा’ शीर्षकमा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल र चीनका कूटनीतिज्ञ, राजनीतिक नेतृत्व, सांस्कृतिक क्षेत्रका व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ७ : ४० बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको