नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने « Khabarhub

नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को छनौटअन्तर्गत नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पछि उक्त मैदानमा खेल सञ्चालन गर्न नसकिने जनाएको हो ।

एएफसीले बिहीबार मात्रै नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेखेर नेपाल र कुवेतबीचको खेल काठमाडौंमा गर्न नसकिने जानकारी दिएको हो ।

नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गतेका लागि तोकिएको छ ।

कुवेतसँगको ‘होम’ गेमका लागि नेपालले दशरथ रंगशालालाई एउटा मात्रै ‘भेन्यु’मा राखेको थियो ।

एन्फाले कुवेतसँगको खेल घरेलु मैदानमै सञ्चालनका लागि भनेर एएफसीलाई पत्राचार गरेको थियो । एन्फाको पत्राचारपछि यही सोमबार एएफसीको एक टोलीले दशरथ रंगशालाको स्थलगत निरीक्षण गरेको थियो । तर, निरीक्षणको क्रममा नै एएफसीको टोलीले दशरथ रंगशालाको अवस्था र जारी तयारीप्रति असन्तुष्टि जनाएको थियो ।

एएफसीले पठाएको पत्रमा दशरथ रंगशालाको मैदान खेल सञ्चालनका लागि उपयुक्त नभएको उल्लेख गरिएको छ ।

एन्फाका प्रवक्ता किरण राईले कुवेतसँगको खेलका लागि ‘न्युट्रल भेन्यु’ खोजिने जनाएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  २ : ३७ बजे

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय