नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने | Khabarhub Khabarhub

नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को छनौटअन्तर्गत नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पछि उक्त मैदानमा खेल सञ्चालन गर्न नसकिने जनाएको हो ।

एएफसीले बिहीबार मात्रै नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेखेर नेपाल र कुवेतबीचको खेल काठमाडौंमा गर्न नसकिने जानकारी दिएको हो ।

नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गतेका लागि तोकिएको छ ।

कुवेतसँगको ‘होम’ गेमका लागि नेपालले दशरथ रंगशालालाई एउटा मात्रै ‘भेन्यु’मा राखेको थियो ।

एन्फाले कुवेतसँगको खेल घरेलु मैदानमै सञ्चालनका लागि भनेर एएफसीलाई पत्राचार गरेको थियो । एन्फाको पत्राचारपछि यही सोमबार एएफसीको एक टोलीले दशरथ रंगशालाको स्थलगत निरीक्षण गरेको थियो । तर, निरीक्षणको क्रममा नै एएफसीको टोलीले दशरथ रंगशालाको अवस्था र जारी तयारीप्रति असन्तुष्टि जनाएको थियो ।

एएफसीले पठाएको पत्रमा दशरथ रंगशालाको मैदान खेल सञ्चालनका लागि उपयुक्त नभएको उल्लेख गरिएको छ ।

एन्फाका प्रवक्ता किरण राईले कुवेतसँगको खेलका लागि ‘न्युट्रल भेन्यु’ खोजिने जनाएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  २ : ३७ बजे

डीपीको प्रस्ताव : फागुनको चुनावलगत्तै पार्टीको पहिलो महाधिवेशन गरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले निर्वाचनलगत्तै पार्टीको

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्द– म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ ।

कांग्रेस महाधिवेशन सबैको सहमतिमा समयमै हुनुपर्छ : नेता शाही

काठमाडौं– नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही ठकुरीले कांंग्रेसको १५औँ

३० बिघा जग्गामा गरिएको गाँजा फँडानी

बागमती– प्रहरीले मकवानपुरको विभिन्न स्थानमा ३० बिघाभन्दा बढी जग्गामा लगाएको

रास्वपाको स्वीकारोक्ति- मूल्य मान्यता स्थापित गर्न नसक्दा पार्टीमा कैयौँ समस्या बढे

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा मूल्य मान्यता स्थापना गर्ने चक्र