बागमती मन्त्रिपरिषद् बैठक : मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल « Khabarhub

बागमती मन्त्रिपरिषद् बैठक : मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरको बकैया गाउँपालिका– ५ का दामोदर खनाललाई नियुक्त गरेको छ । 

सोही बैठकबाट सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठ नियुक्त भएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । 

यसैगरी, सो बैठकले स्वास्थ्य सेवामा कार्यरत ११औँ तहका वरिष्ठ अधिकृत डा. अर्जुन सापकोटाले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त बैठकले बागमती प्रदेश विश्वविद्यालयको सदस्य पदमा डा प्रेमनारायण अर्याललाई नियुक्त गरेको छ । बैठकले प्रदेशमा निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकन नीतिलाई स्वीकृत प्रदान गरेको छ । 

प्रवक्ता तामाङका अनुसार सोही बैठकले शैक्षिक छात्रवृत्ति निर्देशिका २०७२ लाई स्वीकृत प्रदान गर्नुका साथै नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शङ्ख बुद्धलामालाई नियुक्त गरेको छ । बैठकले त्रिभुवन पार्क व्यवस्थापन तथा सञ्चालनसम्बन्धी पहिलो संशोधन गठन आदेशलाई स्वीकृत गरेको छ ।

बैठकले प्रदेश प्रवर्द्धन पहिलो मस्यौदा ऐन २०८३ र प्रदेश राष्ट्रिय वन ऐन २०८३ लाई प्रदेशसभामा पेस गर्न स्वीकृत गरेको छ । बैठकले गरिबी निवारण नीति २०८२ लाई पनि स्वीकृत गरेको छ । 

यसैगरी, उक्त बैठकबाट बागमती प्रदेशमा समस्याग्रस्त सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरूले दिएको राजीनामा गत माघ ५ गतेदेखि लागू हुनेगरि स्वीकृत गरेको छ । 

सोही बैठकले प्रदेशका सचिवको जिम्मेवारीमा हेरफेर गर्दै बागमती प्रदेशका सहकारी तथा गरीब निवारण मन्त्रालयको सचिवमा खुसीराम अधिकारीलाई तोक्ने निर्णय गरेको प्रवक्ता तामाङले बताए। उक्त बैठकले स्थानीय तहमा वित्तीय अनुदान रकम वितरण निर्देशिकालाई समेत स्वीकृत गरेको छ । 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ७ : ३७ बजे

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर

बङ्गलादेशको गार्मेन्ट क्षेत्रमा रोजगारी संकट गहिरिँदै, सयौँ कारखाना बन्द

बङ्गलादेश– बङ्गलादेशको अर्थतन्त्रको प्रमुख आधार मानिने तयारी पोशाक (गार्मेन्ट) उद्योग गम्भीर