हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी « Khabarhub

हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म  ट्रुथ सोसियलमा  पोस्ट गर्दै यस्तो बताएका हुन्।

ट्रम्पले इरानभित्र नेतृत्व र नीतिगत स्पष्टता नभएको आरोप लगाउँदै त्यहाँ ‘कट्टरपन्थी’ र ‘उदारवादी’ समूहबीच तीव्र द्वन्द्व चलिरहेको उल्लेख गरेका छन्। उनका अनुसार कट्टरपन्थी समूह युद्धमैदानमा कमजोर बन्दै गइरहेको छ भने उदारवादी समूहले अपेक्षाकृत समर्थन पाइरहेको छ।

उनले हर्मुज जलडमरूमध्यमा अमेरिकाको नौसेनाको अनुमति बिना कुनै पनि जहाज आवतजावत गर्न नसक्ने दाबी गर्दै इरानसँग कुनै सहमति नभएसम्म उक्त क्षेत्र प्रभावकारी रूपमा बन्द रहने चेतावनी दिएका छन्।

तर, जापानस्थित इरानी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको दाबीलाई ‘असम्भव’ र ‘अविवेकी’ भन्दै खारेज गरेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ७ : ०२ बजे

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री

विद्युत् विभागसमक्ष इप्पानका १३ बुँदे माग

काठमाडौं । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत्

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।