धमाधम बोराबिस्तारा कस्दै थापाथलीका सुकुम्वासी (तस्बिरहरू) « Khabarhub

धमाधम बोराबिस्तारा कस्दै थापाथलीका सुकुम्वासी (तस्बिरहरू)


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्वासी बस्ती असामान्य रूपमा व्यस्त देखिन्छ।

गल्लीहरूमा बाकस, ओछ्यान, भाँडाकुँडा र लत्ताकपडाका थुप्रा छन् । केही गाडीहरू सामान बोकेर बाहिरिँदै छन् । कतिपय अझै पनि आफ्नो थोरै सम्पत्ति मिलाउँदै र जोगाउँदै छन्।

सरकारले नदी किनारका सुकुम्वासी बस्ती खाली गर्ने निर्णय गरेसँगै यहाँका बासिन्दाले आफ्नो सामान सार्न थालेका हुन्। तर, सामान सार्ने हतारसँगै अनिश्चितता र डर पनि उत्तिकै देखिन्छ ।

‘हामीलाई कहाँ राख्ने भन्ने कोही आएर भनेको छैन। हिजो माइकमै ‘सामान सुरक्षित राख्नु’ भनेर मात्रै भने। त्यसैले हामी सामान जोगाइरहेका छौं, तर बस्ने ठाउँ त कतै छैन’, एक महिला ले भनिन् ।

बस्तीका केही भागमा विरोध प्रदर्शन पनि जारी छ। प्लेकार्ड बोकेका सुकुम्वासीहरूले सत्तारूढ दलको बाचा सम्झाउँदै व्यवस्थापनको माग गरिरहेका छन्।

उनीहरूको मुख्य चिन्ता एउटै छ, स्थानान्तरण भए पनि रोजगारी र दैनिक जीवन प्रभावित नहोस्।

‘हामी काम गरेर पेट पाल्ने मान्छे हौँ,’ अर्का एक बासिन्दा भन्छन्, ‘जहाँ राखे पनि काम गर्न सजिलो हुने ठाउँ हुनुपर्छ। बालबच्चा पढाउनुपर्छ, गाडी चढ्न मिल्ने ठाउँ चाहिन्छ।’

केही दिनअघि प्रहरी टोली आएर निरीक्षण गरेर गएकोबाहेक महानगरपालिकाबाट कुनै समन्वय नभएको उनीहरूले बताएका छन् ।

‘हामी यहाँ रहरले होइन, बाध्यताले बसेका हौं,’ एक वृद्धले भने, ‘अब सरकारले व्यवस्थापन गर्छु भनेको छ, तर कहिले र कसरी त्यो थाहा छैन।’

अहिलेलाई आन्दोलित धेरैजसो परिवारले रातमा पनि यहीँ बस्ने निर्णय गरेका छन्। उनीहरू रास्वपा र बालेन शाह नेतृत्वको सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

शब्द/तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : १८ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति