नेपाल भानुआटुसँग पराजित « Khabarhub

नेपाल भानुआटुसँग पराजित


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपाल भानुआटुसँग २२ रनले पराजित भएको हो । जितका लागि ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमै समेटियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक २४ रनको योगदान दिइन् । उनले १९ बलमा ४ चौका प्रहार गरिन् । त्यस्तै कप्तान इन्दु वर्माले १३ र कविता कुँवरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भानुआटुका लागि भानेसा भिरा र नासिमाना नवाइकाले तीन तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भानुआटुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनायो । भानुआटुका लागि भालेन्टा लाङ्गियातुले सर्वाधिक ४२ रनको योगदान दिइन् । उनले ५० बलमा दुई चौका र दुई छक्का हानिन् ।

यस्तै नासिमाना नवाइकाले १८ तथा सेलिना सोलमन र सुसन स्टीफनले १०÷१० रन बनाए । बलिङतर्फ नेपालका लागि रिया शर्माले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । यस्तै मनिषा उपाध्याय, कविता कुँवर र रचनाकुमारी चौधरीले एक एक विकेट लिए । अब नेपालले यही वैशाख १३ गते अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : २८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका