आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित « Khabarhub

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले सहज जित निकालेको छ ।

बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै आरसीबी विजयी भएको हो ।

गुजरातले दिएको २ सय ६ रनको लक्ष्य आरसीबीले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

आरसीबीका विराट कोहलीले ८१ र देवदत्त पडिक्कलले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, क्रुनाल पाण्डेयले २३ र टिम डेभिडले १० रन जोडे ।

गुजरातका रशिद खानले २, मोहम्मद सिराज, जेसन होल्डर र मानव सुधारले‌ एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।

गुजरातका साई सुदर्शनले एक सय रनको शतक बनाए । यस्तै, शुभमन गिलले ३२, जोस बटलरले २५, जेसन होल्डरले २३ तथा वासिङ्टन सुन्दरले १९ रन बनाए ।

आरसीबीका भुवनेश्वर कुमार, जोस हेजलवड र सुयश शर्माले एक–एक विकेट लिए ।

यो जितसँगै आसीबी ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको गुजरात समान खेलबाट ६ अंकसहित सातौँ स्थानमा यथावत छ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ६ : ४३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका