आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा « Khabarhub

आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिदेशीय शृंखला आजदेखि सुरु भएको छ ।

शृंखलाको पहिलो खेलमा अहिले नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा युएईले टस जितेर फिल्डिङ (बलिङ) रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदानमा उत्रिएका छन् । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब छ ।

वैशाख २२ गतेसम्म चल्ने शृंखलामा तीनवटै देशले एक अर्काविरुद्ध दुई–दुई वटा खेल खेल्ने तालिका रहेको छ ।

आठ टोली सहभागी प्रतियोगिताको अंक तालिकामा नेपाल २० खेलबाट १२ अंकसहित सातौँ स्थानमा रहेको छ । युएई समान खेलबाट १० अंकका साथ अन्तिममा छ । दुबै टोलीले १६ खेल खेल्न बाँकी छ ।

बाँकी खेल तालिका यस्तो छ–
वैशाख १४ गते : ओमान र युएई
वैशाख १६ गते : नेपाल र ओमान
वैशाख १८ गते : नेपाल र युएई
वैशाख २० गते : ओमान र युएई
वैशाख २२ गते : नेपाल र ओमान ।

टोलीमा को को छन् ?
नेपाल टोली-
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान) आशिफ शेख, कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, विनोद भन्डारी, अर्जुन कुमाल, सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने, बसिर अहमद, ललित राजंवशी ।

युएई टोली– मोहम्मद वासिम (कप्तान), अर्यांश शर्मा, अदिब उस्मानी, मोहम्मद शाहदाद, सोएब खान, हरपृत भाटिया, निलन्श केश्वानी, हैदर अलि, खुजैमा बिन ताहिर, अजय कुमार, जुनैद सिद्दिकी अक्ष नाथ, मोहम्मद जवादुल्लाह, जश गियाननी र मोहमद जुहैब ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ९ : ४८ बजे

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक