स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त « Khabarhub

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको सरुवा तथा काज फिर्ता गरी जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय विभाग र केन्द्रका केही महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेकी हुन् ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार यसअघि रिक्त रहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा. अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ ।

उनको ठाउँमा डा. चुमनलाल दासलाई पठाइएको छ । यस्तै विभागको परिवार कल्याण महाशाखाका प्रमुख रहेका डा. मदन उपाध्यायलाई नारायणी अस्पतालमा सरुवा गरिएको छ ।

मन्त्रालयमा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई (एचईओसी)का प्रमुख तथा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा काज फिर्ता भएको छ । अब मन्त्रालयको प्रवक्ताको जिम्मेवारी समन्वय महाशाखा प्रमुख यशोदा अर्यालले सम्हाल्ने छिन् ।

यसअघि नै राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रमा डा. प्रकाशप्रसाद साहलाई जिम्मेवारी दिइएको छ । यस्तै मन्त्रालयको नीति योजना महाशाखामा १० औँ तहमा कार्यरत डा. पुष्पराज पौडेललाई पनि नरदेवी अस्पतालमा काज फिर्ता गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १२ : ०२ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा