युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते « Khabarhub

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको अधिकारीहरूले शनिबार बताएका छन् । 

उद्धारकर्मीहरूले रूसी आक्रमणबाट ध्वस्त भएको डिनिप्रो स्थित एउटा भवनको भग्नावशेषबाट दुई जनाको शव बरामद गरेको ड्रिन्प्रोपेट्रोभस्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले बताएका छन् ।

पाँच जना अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने आशंका गरिएको बताउँदै उनले २१ जना घाइते भएको पुष्टि गरेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा चार जनाको मृत्यु भएको र करिब ३० जना घाइते भएको बताएका छन् ।

आक्रमणको सामना गर्न साझेदारहरूलाई तत्काल र सहकार्य आवश्यक रहेको बताउँदै हवाई रक्षा बलियो बनाउन तथा रूस विरुद्ध युरोपेली प्रतिबन्धको २१औँ प्याकेजतर्फ पनि अघि बढ्नु पर्ने बताएका छन् ।

युक्रेनको सिमानामा रहेको रूस कुस्र्क क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा परी एक जना घाइते भएको गभर्नर अलेक्जान्डर खिन्स्टेनले शनिबार बताएका छन्।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  २ : ४२ बजे

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ– प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी