थापाथली बस्तीबाट २३ परिवारको सूची दर्ता, अस्थायी व्यवस्थापन प्रक्रिया अघि बढाइँदै « Khabarhub

थापाथली बस्तीबाट २३ परिवारको सूची दर्ता, अस्थायी व्यवस्थापन प्रक्रिया अघि बढाइँदै


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीबाट हटाइएका २३ परिवारले घरबारविहीन भएको भन्दै सूची दर्ता गराएका छन्।

सुकुम्बासी बस्ती खाली गरिएपछि त्यहाँ बस्दै आएका परिवारलाई सूची दर्ताका लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लगिएको थियो। सो क्रममा २३ परिवारले आफूहरू घरबारविहीन भएको विवरण दर्ता गराएको काठमाडौं उपत्यका विकास प्राधिकरणकी सूचना अधिकारी प्रकृति केसीले जानकारी दिइन्।

उनका अनुसार तीमध्ये ५ परिवारलाई तत्कालका लागि अस्थायी बसोबासका लागि किर्तिपुर पठाइएको छ। अन्य परिवारले भने हालका लागि आफैं बसोबासको व्यवस्था गर्ने बताएका छन्।

प्राधिकरणले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ।

सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाएर वास्तविक लाभग्राहीको पहिचान गर्दै व्यवस्थापन गर्ने नीति अनुसार काम भइरहेको जनाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ४ : १५ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा