सन्दीपले दिलाए सातौँ सफलता, यूएईको इनिङ सङ्कटमा « Khabarhub

सन्दीपले दिलाए सातौँ सफलता, यूएईको इनिङ सङ्कटमा


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अहिले नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याउँदै यूएईले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा यूएईले सातौँ विकेट गुमाएको छ । खेलको ३७ ओभर ३ बलमा सन्दीप लामिछानेले नेपाललाई सातौँ सफलता दिलाएका हुन् । सन्दीपकोे बलमा यूएईका खुजाइमा तनवीर बेल्ड भए । आउट हुनुअघि उनले १२ बलमा १ रन बनाए ।

खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् ।

नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र करण केसीले २२ रनको योगदान दिए ।

अन्य खेलाडीहरूमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५ रन बनाए । बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिए । युएई अहिले जबाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ४ : १७ बजे

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ– प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी