वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह « Khabarhub

वन संरक्षणलाई आयआर्जनमुखी बनाउन आग्रह


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्लामा सामुदायिक वन व्यवस्थापनलाई थप सुदृढ बनाउँदै स्थानीय समुदायको आयआर्जनसँग जोड्न आग्रह गरिएको छ । यहाँको त्रिशूलीपारीका वनजङ्गललाई प्रभावकारी संरक्षण गर्दै फलफूलबाट आर्थिक लाभ लिने लक्ष्यसहित छलफल अगाडि बढाइएको पनि डिभिजन वन कार्यालयले जनाएको छ । 

त्यसका लागि शुक्रबार ‘रसुवाका सामुदायिक वनको वर्तमान अवस्था, चुनौती, अवसर तथा जलवायु परिवर्तनको प्रभाव’ विषयक अन्तरक्रिया आयोजना गरी सुझाव संकलन गरिएको डिभिजन वन अधिकृत शम्भु तामाङले जानकारी दिए । 
          
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन संरक्षणलाई फलफूल तथा आयमूलक बिरुवा रोपनमार्फत स्थानीय समुदायको आर्थिक अवस्था सुधार गरिनुपर्नेमा जोड दिए । उनले सामुदायिक वनलाई उत्पादनमुखी र व्यवस्थित बनाउन आग्रह गरे। 

मन्त्रालयका सचिव डा केदार बरालले जलवायु परिवर्तन न्यूनीकरणमा वनको भूमिका महत्त्वपूर्ण रहेकाले वृक्षरोपण, संरक्षण नीति कार्यान्वयन र समुदायको सक्रिय सहभागितामा जोड दिनुपर्ने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे,  प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे, सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीलगायतले आफ्नो धारणा राखेका थिए ।
 

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ५ : ५८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली