आईपीएल: : राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले ९ बल बाँकी हुँदै गर्यो पूरा « Khabarhub

आईपीएल: : राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले ९ बल बाँकी हुँदै गर्यो पूरा

सनराइजर्स हैदरावादद्वारा राजस्थान रोयल्स ५ विकेटले पराजित


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

जयपुर- इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्समाथि शानदार जित दर्ता गरेको छ। शनिबार राति जयपुरमा भएको उच्च स्कोरिङ खेलमा हैदरावादले राजस्थानले दिएको २२९ रनको विशाल लक्ष्य १८.३ ओभरमै ५ विकेट गुमाएर पूरा गरेको हो ।

हैदरावादको जितमा प्रारम्भिक ब्याटर ईशान किशनले विष्फोटक पारी खेले। उनले मात्र ३१ बलमा ७४ रन जोड्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। उनको यो इनिङ्स नै खेलको निर्णायक मोड बन्यो । उनी ‘प्लेयर अफ द म्याच’ बने ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२८ रनको उच्च स्कोर खडा गरेको थियो। घरेलु मैदान र विशाल स्कोरका बाबजुद राजस्थानका बलरले हैदरावादका ब्याटरलाई रोक्न सकेनन्। हैदरावादले ९ बल बाँकी छँदै ५ विकेटको क्षतिमा २२९ रन बनाउँदै महत्वपूर्ण दुई अंक जोडेको हो ।

यो जितसँगै समान १०/१० अंक तालिकामा रनरेटका आधारमा सनराइजर्स हैदरावाद तेस्रो स्थानमा उक्लिएको छ भने पराजित राजस्थान रोयल्स चौथो स्थानमा झरेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ६ : २५ बजे

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक

विपन्नका लागि छुट्यइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ?

काठमाडाैँ- नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी

काठमाडौँ– फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले आफ्नो पहिलो खेलमा