क्रिकेट रंगशाला खाली गर्न क्यानलाई त्रिविको ३५ दिने अल्टिमेट « Khabarhub

क्रिकेट रंगशाला खाली गर्न क्यानलाई त्रिविको ३५ दिने अल्टिमेट


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो हाताभित्रको क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ ।

सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको हो ।

त्यही निर्णयअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ (क्यान)लाई समेत पत्राचार गरेको छ । त्रिवि र क्यानबीचको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ ।

त्रिवि प्रशासन महाशाखाका एक अधिकारीले अतिक्रमित जग्गा फिर्ता ल्याउने क्रममा सबै संघ–संस्था तथा संगठनलाई छुट्टाछुट्टै पत्र पठाइएको बताएका छन । क्यानसँगको सम्झौता पनि यही मसान्तमा सकिन लागेकाले खाली गराउन भनिएको हो ।

त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माण तथा सिट राख्ने काम केही महिनाअघि मात्रै सकिएको हो । सरकारले प्यारापिट निर्माणका लागि बीकेओआई–केसीडीसी–बीजी जेभीले १९ फागुन २०८१ मा सम्झौता गरेर २० फागुनबाट निर्माण थालनी गरेको थियो ।

४३ करोड ७७ लाखमा ठेक्का लिएर निर्णमा गरिएको थियो । उक्त मैदान र प्यारापिट तथा फ्लड लाइट निर्माणपछि एनपीएलका दुई सिजन भइसकेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : १३ बजे

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स

महिला चेम्बर र हस्तकला महासङ्घबीच सहकार्यसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासङ्घबिच हस्तकला

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित

काठमाडाैं । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा