सम्झौताको ४२ दिनमै सडक कालोपत्र ! « Khabarhub

सम्झौताको ४२ दिनमै सडक कालोपत्र !


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ ।

भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो ।

मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र सम्पन्न भएको फूलबारी मोटरमार्ग कालोपत्र योजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर थापाले जानकारी दिए ।

‘मोटरमार्ग कालोपत्र गरिसक्नुपर्ने अन्तिम मिति माघ १० गतेसम्म थियो’, थापाले भने, ‘तर हामीले सम्पन्न गर्ने मितिभन्दा अगावै कालोपत्रको काम सकेका छौं।’

मोटरमार्ग कालोपत्रका लागि कूल २५ लाख ३५ हजार ९१८ खर्च भएको छ । जसका लागि भिमाद नगरपालिकाले १७ लाख ३० हजार ७६४ र स्थानीयवासीले आठ लाख पाँच हजार १५३ लगानी गरेका छन् । अध्यक्ष थापाका अनुसार यहाँका ४१ घरधुरी यो मार्गबाट लाभान्वित भएका छन् । सडक कालोपत्रका लागि प्रतिघर १५ हजार सङ्कलन गरिएको थियो ।

साथै विभिन्न सहयोगदाताबाट कालोपत्रका लागि एक लाख ९० हजार १५३ प्राप्त भएको थियो । सडक कालोपत्रका लागि बेलायत, भारत, कावासोती लगायतका ठाउँबाट सहयोग प्राप्त भएको थियो ।

‘छोटो समयमै गुणस्तरीय काम गर्न सफल भएका छौँ’, थापाले भने, ‘सडक कालोपत्र भएपछि यहाँका स्थानीयवासी धुलोबाट मुक्त भएका छन् ।’ कच्ची सडक हुँदा धुलोले स्थानीयवासीलाई समस्या हुने गरेको थियो ।

भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले लागत साझेदारीमा स्थानीय उपभोक्ताले नमूना काम गरेर देखाएको बताए । ‘बजारभन्दा बाहिरका गाउँमा पहिलो पटक लागत साझेदारीमा सडक कालोपत्र सम्पन्न गरेका छौँ’, नगरप्रमुख थापाले भने, ‘यो कार्य सफल भएको छ, अन्य ठाउँमा पनि लागत साझेदारीमा सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।’

नगरपालिकाले नगरक्षेत्रभित्र रहेका कच्ची सडक कालोपत्र गर्ने कामलाई प्राथमिकतामा राखेको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताउनुभयो । थापाका अनुसार सडक कालोपत्र नभएका गाउँलाई प्राथमिकताका आधारमा कालोपत्र गरिनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : २५ बजे

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,