कांग्रेसको जिल्ला सभापतिबाट निलम्बनमा परे कान्छाराम « Khabarhub

कांग्रेसको जिल्ला सभापतिबाट निलम्बनमा परे कान्छाराम


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन उल्लंघनको आरोपमा निलम्बन गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार उनलाई पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै स्पष्टिकरण सोधिएको थियो।

तर उनले दिएको जवाफ सन्तोषजनक र चित्तबुझ्दो नभएको निष्कर्ष निकाल्दै अन्तिम निर्णय नहुन्जेलसम्मका लागि निलम्बन गरिएको कांग्रेसले जनाएको छ।

समितिका अनुसार, अनुशासन उल्लंघनसम्बन्धी थप अनुसन्धान जारी रहनेछ र सो अवधिभर उनलाई सभापति पदमा काम गर्न नपाउने व्यवस्था गरिएको हो।

यसैबीच, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सम्बन्धित विषयमा भने सर्वोच्च अदालतको पछिल्लो फैसलापछि स्पष्टीकरण सोध्ने औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै उक्त प्रक्रिया तामेलीमा राखिएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ४ : ३२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४