खानेपानी डिभिजन कलैयाका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा « Khabarhub

खानेपानी डिभिजन कलैयाका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

यादवको सुरू नियुक्ति मिति २०४७ असार ३१ गतेदेखि २०८० पुस ९ सम्मको अवधि जाँच गर्दा सम्पत्तिको स्रोत नखुलेको दाबीसहित बुधबार (वैशाख १६) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

यादवको वैधानिक आम्दानीतर्फ पारिश्रमिक आय, भत्ता आय, घरग्गा बिक्री आय, ऋण सापटी लिएको रकम, ब्याज आय रकम, कृषि आय रकम, छोरा तथा श्रीमतीको आय गरी जम्मा तीन करोड ४६ लाख २१ हजार रुपैयाँ बराबर आय देखिएको अख्तियारको दाबी छ ।

उक्त जाँच अवधिमा निज तथा निजको एकासंगोल परिवारका सदस्यहरूको व्ययतर्फका शीर्षकहरू जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारीसाधन खरिद रकम, अध्ययन खर्च, ऋण सापटी तिरेको रकम, विद्युतीय उपकरण खरिदबापतको रकम, आन्तरिक सजावट खर्च र अन्तिम बैंक मौज्दात गरी जम्मा चार करोड ९३ लाख दुई हजार ६२६ रूपैयाँ ९९ पैसा खर्च भएको अख्तियारको भनाइ छ ।

कुल आयभन्दा कुल व्यय एक करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ ९० पैसा बढी भई स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ । यसरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती निर्मला कुमारीको नाममा समेत रहेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप बिगो जफत, त्यति नै जरिवाना र जेल सजायको माग अख्तियारले गरेको छ ।

यादवकी श्रीमती निर्मला कुमारीको नाममा रहेको सम्पत्ति समेत जफत गर्न अख्तियारले अदालत समक्ष माग गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ८ : ३७ बजे

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री