पाकिस्तानको सिन्धमा मङ्कीपक्सका दुई नयाँ संक्रमित फेला « Khabarhub

पाकिस्तानको सिन्धमा मङ्कीपक्सका दुई नयाँ संक्रमित फेला


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको सिन्ध प्रान्तमा मङ्कीपक्सका दुई नयाँ संक्रमित फेला परेपछि यस वर्ष प्रान्तभर संक्रमितको सङ्ख्या २५ पुगेको छ। स्वास्थ्य विभागका अनुसार मंगलबार कराँची र खैरपुरमा एक-एक जना नयाँ बिरामी भेटिएका हुन्। यस वर्ष सिन्ध प्रान्तमा मङ्कीपक्सका कारण हालसम्म ९ जनाको मृत्यु भइसकेको छ।

अधिकारीहरूका अनुसार अहिले खैरपुर यस संक्रमणको मुख्य केन्द्र बनेको छ, जहाँ १८ जना संक्रमित फेला परेका छन्। यसैगरी कराँचीमा ४ र सुक्कुरमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

सुरुमा विदेशबाट आउनेहरूमा मात्र देखिएको यो रोग अहिले स्थानीयस्तरमै फैलिन थालेको पाइएको छ। स्वास्थ्य विभागले हालसम्म १२२ जना संदिग्ध बिरामीको परीक्षण गरिसकेको छ।

यसअघि खैरपुरका दुई अस्पतालमा केही नवजात शिशुहरूमा संक्रमण देखिएपछि ती अस्पतालका युनिटहरू सिल गरिएको थियो । सरकारले मङ्कीपक्सकै कारण नभई कुपोषण र कमजोरीका कारण पाँच बालबालिकाको मृत्यु भएको स्पष्टीकरण दिएको छ । हाल कराँचीमा भेटिएका नयाँ संक्रमितको अवस्था स्थिर रहेको र उनको सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : २१ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६