हिरासतमा रहेका दुई युवाको नक्कली मुठभेडमा हत्या गरिएको बीवाईसीको आरोप « Khabarhub

हिरासतमा रहेका दुई युवाको नक्कली मुठभेडमा हत्या गरिएको बीवाईसीको आरोप


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तनानको बलुचिस्तानमा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था बलुच यकजेहती कमिटी (बीवाईसी) ले पाकिस्तानी सुरक्षा बलले हिरासतमा रहेका दुई युवाको नक्कली मुठभेड गरी हत्या गरेको गम्भीर आरोप लगाएको छ। समूहले जारी गरेको विज्ञप्ति अनुसार १७ वर्षीय विद्यार्थी हातिम बलुचलाई गत अप्रिल ५ मा अर्धसैनिक बल फ्रन्टियर कोर्प्सले नियन्त्रणमा लिई बेपत्ता पारेको थियो । हिरासतमा शारीरिक र मानसिक यातना दिएपछि उनको गोली प्रहार गरिएको क्षतविक्षत शव एउटा सुनसान क्षेत्रमा फालिएको अवस्थामा फेला परेको हो ।

अधिकारीहरूले हातिमलाई सुरक्षा बलसँगको गोली हानाहानमा मारिएको दाबी गरे पनि बीवाइसीले त्यसलाई अस्वीकार गरेको छ। समूहका अनुसार हातिमको हत्या हुनुअघि नै उनको नाम ‘बलजफ्ती बेपत्ता’ पारिएका व्यक्तिहरूको सूचीमा दर्ता भइसकेको थियो।

यस्तै अर्को घटनामा १८ वर्षीय मरवान बलुचसहित चार जनालाई कथित मुठभेडमा मारिएको भन्दै अस्पताल पुर्‍याइएको थियो, जसलाई बीवाइसीले नियोजित हत्याको संज्ञा दिएको छ।

बीवाइसीले बलुचिस्तानमा पछिल्लो तीन महिनामा मात्रै करिब ४० जना बलुच युवाको यसरी नै हत्या गरी शव फालिएको दाबी गर्दै यसलाई ‘बलुच नरसंहार’ को पाटो भनेको छ। बलुचिस्तान अहिले मानव अधिकार उल्लंघनको क्षेत्र मात्र नभई युवाहरूको ‘बधशाला’ मा परिणत भएको विज्ञप्तिमा उल्लेख छ।

राज्यका अंगहरू र न्यायपालिका यस विषयमा मौन बसेको आरोप लगाउँदै समूहले अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूको ध्यानाकर्षण गराएको छ। उनीहरूले बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न र यस्ता गैर-कानुनी हत्याको स्वतन्त्र न्यायिक छानबिन गर्न माग गरेका छन्। यद्यपि, यी आरोपहरूका सम्बन्धमा पाकिस्तानी अधिकारीहरूले हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ४ : ४८ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट