शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै « Khabarhub

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त जोखिमपूर्ण बस्ती हटाउने अभियानअन्तर्गत सरकारले शुक्रबार बल्खु र वंशीघाट क्षेत्रमा विशेष कारबाही सुरु गरेको छ।

प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालका अनुसार आज कुल ६८६ वटा संरचना हटाइने छन् । त्यसमा बल्खु क्षेत्रमा रहेका ४८६ टहरा र वंशीघाट क्षेत्रमा रहेका २०० संरचना समेटिएका छन्। ती संरचनाहरू डोजर प्रयोग गरी खाली गराउने काम सुरु गरिएको छ।

सरकारले बर्खायाममा बाढी र डुबानका कारण हुनसक्ने ठूलो मानवीय तथा भौतिक क्षतिलाई रोक्न यो अभियानलाई प्राथमिकतामा राखिएको जनाएको छ। नदी किनारका बस्तीहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको पनि सरकारको भनाइ छ।

आगामी चरणमा शङ्खमूललगायत अन्य माथिल्लो तटीय क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाउने कार्य निरन्तर अघि बढाइने सरकारको योजना छ।

त्यसैगरी, प्रभावित सुकुम्बासी परिवारहरूको हकमा उनीहरूको वास्तविक पहिचान र सुरक्षित व्यवस्थापनको स्पष्ट खाका तयार भएपछि मात्र वैकल्पिक व्यवस्था र जग्गा खाली गर्ने प्रक्रिया अघि बढाइने पनि सरकारद्वारा स्पष्ट गरिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ११ : १० बजे

सांस्कृतिक कार्यक्रमसहित लुम्बिनीमा बुद्ध जयन्ती

काठमाडौं– लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय

बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिरमा चलाइयो डोजर (तस्बिरहरू)

काठमाडौं– बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र

पछिल्लो २ सातामा विपद्का ६ सय ७४ घटना, ३६ जनाको मृत्यु 

काठमाडौं– चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि १८ गतेसम्म

मे दिवसमा जिफन्टको काठमाडौं र्‍याली, श्रमिक अधिकार र सीप विकासमा जोड

काठमाडौं– मे दिवस अर्थात १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार विविध

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो