शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै « Khabarhub

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त जोखिमपूर्ण बस्ती हटाउने अभियानअन्तर्गत सरकारले शुक्रबार बल्खु र वंशीघाट क्षेत्रमा विशेष कारबाही सुरु गरेको छ।

प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालका अनुसार आज कुल ६८६ वटा संरचना हटाइने छन् । त्यसमा बल्खु क्षेत्रमा रहेका ४८६ टहरा र वंशीघाट क्षेत्रमा रहेका २०० संरचना समेटिएका छन्। ती संरचनाहरू डोजर प्रयोग गरी खाली गराउने काम सुरु गरिएको छ।

सरकारले बर्खायाममा बाढी र डुबानका कारण हुनसक्ने ठूलो मानवीय तथा भौतिक क्षतिलाई रोक्न यो अभियानलाई प्राथमिकतामा राखिएको जनाएको छ। नदी किनारका बस्तीहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको पनि सरकारको भनाइ छ।

आगामी चरणमा शङ्खमूललगायत अन्य माथिल्लो तटीय क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाउने कार्य निरन्तर अघि बढाइने सरकारको योजना छ।

त्यसैगरी, प्रभावित सुकुम्बासी परिवारहरूको हकमा उनीहरूको वास्तविक पहिचान र सुरक्षित व्यवस्थापनको स्पष्ट खाका तयार भएपछि मात्र वैकल्पिक व्यवस्था र जग्गा खाली गर्ने प्रक्रिया अघि बढाइने पनि सरकारद्वारा स्पष्ट गरिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ११ : १० बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान