उपनिर्वाचन : उम्मेदवारका आ–आफ्नै दाबी « Khabarhub

उपनिर्वाचन : उम्मेदवारका आ–आफ्नै दाबी


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन् । यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु भएपछि रिक्त रहेको सो वडामा आगामी मङ्सिर १४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । तीन दलले आफ्ना उम्मेदवार छनोट गरिसकेका छन् । मनोनयन दर्ता हुँदासम्म अन्य साना दलले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार छनोट गरिसकेका छन् । नेकपाबाट रामशरण थारू, काङ्ग्रेसबाट श्रीकृष्ण थारू र राप्रपाबाट पत्रकारसमेत रहनुभएका श्रीधर सुवेदी उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ । उम्मेदवारी टुङ्ग्याइसक्दा यी तीनवटै दल अझै भड्किलो प्रचारमा भने उत्रिएका छैनन् ।

उम्मेदवार छनोट गरिसकेका तीन दलले आन्तरिक प्रचारलाई भने तीव्र बनाएका छन् । उम्मेदवारले मतदातासँग व्यक्तिगत भेटघाट गरिरहेका जनाइउको छ । नेकपाका उम्मेदवार रामशरणले अहिले व्यक्तिगतरुपमा भेटघाट चलिरहेको बताए । काङ्ग्रेस उम्मेदवार श्रीकृष्णले भने, “अहिले व्यक्तिगत गरिरहेको छु, मनोनयनपछि सामूहिकरूपमा भेटघाटका कार्यक्रम तय गरेका छौँ ।” नेकपा र काङ्ग्रेसका उम्मेदवारजस्तै राप्रपाका उम्मदवार पनि मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

नेकपाका उम्मेदवार रामशरणले गत निर्र्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले ल्याएको मतअनुसार नेकपा अगाडि रहेको बताए । उनले भने, “गत निर्वाचनको मत परिणाम हेर्ने हो भने हामी अहिले धेरै अगाडि छौँ, हाम्रो जीत सुनिश्चित छ ।”

यसअघि सहजै निर्वाचन जितेको क्षेत्रमा अहिले पनि आफू सुरक्षित रहेको काङ्ग्रेस उम्मेदवार श्रीकृष्णको दाबी छ । प्रमुख दुई दलले थारू समुदायबाट उम्मेदवार बनाएपछि थारू मत विभाजित हुने र आफूले निर्वाचन जित्ने राप्रपाका उम्मेदवार सुवेदीको दाबी छ ।

दुई हजार २६ मतदाता

उक्त वडामा हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि दुई हजार २६ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा एक हजार ९६४ मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार, वडा नं ६ को उपनिर्वाचनमा एउटा मतदानस्थल हुनेछ भने दुई मतदान केन्द्र तोकिएका छन् ।

पहिलो मतदान केन्द्रमा एक हजार २६ र दोस्रो मतदान केन्द्रमा एक हजार मतदाताले मतदान गर्ने उनले बताए । सो वडामा कूल जनसङ्ख्या तीन हजार १५२ छ । यस जिल्लामा एउटा पदका लागि मात्र हुने उपनिर्वाचनको तयारीका लागि कोहलपुर नगर विकास समितिको कार्यालय रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर १४ गते हुने कोहलपुर नगरपालिका–६ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारी मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  २ : ३४ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने