उपनिर्वाचन : उम्मेदवारका आ–आफ्नै दाबी | Khabarhub Khabarhub

उपनिर्वाचन : उम्मेदवारका आ–आफ्नै दाबी


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन् । यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु भएपछि रिक्त रहेको सो वडामा आगामी मङ्सिर १४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । तीन दलले आफ्ना उम्मेदवार छनोट गरिसकेका छन् । मनोनयन दर्ता हुँदासम्म अन्य साना दलले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार छनोट गरिसकेका छन् । नेकपाबाट रामशरण थारू, काङ्ग्रेसबाट श्रीकृष्ण थारू र राप्रपाबाट पत्रकारसमेत रहनुभएका श्रीधर सुवेदी उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ । उम्मेदवारी टुङ्ग्याइसक्दा यी तीनवटै दल अझै भड्किलो प्रचारमा भने उत्रिएका छैनन् ।

उम्मेदवार छनोट गरिसकेका तीन दलले आन्तरिक प्रचारलाई भने तीव्र बनाएका छन् । उम्मेदवारले मतदातासँग व्यक्तिगत भेटघाट गरिरहेका जनाइउको छ । नेकपाका उम्मेदवार रामशरणले अहिले व्यक्तिगतरुपमा भेटघाट चलिरहेको बताए । काङ्ग्रेस उम्मेदवार श्रीकृष्णले भने, “अहिले व्यक्तिगत गरिरहेको छु, मनोनयनपछि सामूहिकरूपमा भेटघाटका कार्यक्रम तय गरेका छौँ ।” नेकपा र काङ्ग्रेसका उम्मेदवारजस्तै राप्रपाका उम्मदवार पनि मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

नेकपाका उम्मेदवार रामशरणले गत निर्र्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले ल्याएको मतअनुसार नेकपा अगाडि रहेको बताए । उनले भने, “गत निर्वाचनको मत परिणाम हेर्ने हो भने हामी अहिले धेरै अगाडि छौँ, हाम्रो जीत सुनिश्चित छ ।”

यसअघि सहजै निर्वाचन जितेको क्षेत्रमा अहिले पनि आफू सुरक्षित रहेको काङ्ग्रेस उम्मेदवार श्रीकृष्णको दाबी छ । प्रमुख दुई दलले थारू समुदायबाट उम्मेदवार बनाएपछि थारू मत विभाजित हुने र आफूले निर्वाचन जित्ने राप्रपाका उम्मेदवार सुवेदीको दाबी छ ।

दुई हजार २६ मतदाता

उक्त वडामा हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि दुई हजार २६ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा एक हजार ९६४ मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार, वडा नं ६ को उपनिर्वाचनमा एउटा मतदानस्थल हुनेछ भने दुई मतदान केन्द्र तोकिएका छन् ।

पहिलो मतदान केन्द्रमा एक हजार २६ र दोस्रो मतदान केन्द्रमा एक हजार मतदाताले मतदान गर्ने उनले बताए । सो वडामा कूल जनसङ्ख्या तीन हजार १५२ छ । यस जिल्लामा एउटा पदका लागि मात्र हुने उपनिर्वाचनको तयारीका लागि कोहलपुर नगर विकास समितिको कार्यालय रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर १४ गते हुने कोहलपुर नगरपालिका–६ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारी मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  २ : ३४ बजे

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गरौँ : ज्ञानेन्द्र शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट

मधेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट

जनकपुरधाम– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि

एनओसीमा अनियमितताविरुद्ध नेविसंघको चेतावनी

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वैदेशिक अध्ययनका लागि आवश्यक

जनताको भावना नसमेटेको भन्दै सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको

नेपाल-बङ्‌लादेश पर्यटन सहकार्य : बंगालको खाडीदेखि हिमालयसम्मको यात्रा

काठमाडौं – नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा