संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय « Khabarhub

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पुनर्विचारका लागि आइतबार सरकारलाई फिर्ता पठाएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा पेश गरिएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पुनर्विचार गर्न सरकारतर्फ पठाइएको हो।

विज्ञप्तिमा यसअघि त्यही विषयको विधेयक २०८२ असार २५ गते प्रमाणीकरणका लागि पेश भएकोमा सन्देशसहित फिर्ता गरिएको स्मरण गराइएको छ।

यसका साथै, २०८२ मंसिर २ गते मन्त्रिपरिषद्को निर्णयअनुसार आएको अध्यादेश पनि जारी नभएको उल्लेख गरिएको छ।

राष्ट्रपति पौडेलले पछिल्लो पटक यही वैशाख १४ गते बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भई आएको अध्यादेशको विषयवस्तुमाथि पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको जनाएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ५ : ४८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४