रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण « Khabarhub

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल निर्माण गरिएको छ । 

गाउँपालिका अन्तर्गतको घिचेत खोला, फलाखु खोला र पङ्गु र पाहा खोलामा पक्की पुल निर्माण गरिएका हुन् । पुल निर्माणपछि गाउँपालिकाका सबै वडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुर्पु साङ्बो घलेले जानकारी दिए।

चारवटा पुल निर्माणका लागि करिब २४ करोड रुपैयाँ खर्च भएको छ । साथै दनुस्वारा खोला र पुङ्खोलामा थप दुई पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । प्राविधिक लागतअनुसार ती पुल निर्माण सम्पन्न गर्न करिब १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

त्यसैगरी नौकुण्ड गाउँपालिकामा सडक सञ्जालसमेत विस्तार गरिएका छन् । सडक सञ्जाल विस्तार गरेसँगै दैनिक उपभोग्य सामग्री ढुवानी, नियमित बस सेवा सञ्चालन तथा बिरामीलाई एम्बुलेन्समार्फत अस्पताल लैजाने व्यवस्था सहज बनेको स्थानीय समाजसेवी छेसाङ दावा तामाङले बताए।

गाउँपालिकाले आफ्नो इलाकाक्षेत्रको ग्रामीण बस्तीमा हालसम्म ७४ किलोमिटर ग्रामीण सडक निर्माण गरिसकेको छ । 

यसबाट खाल्चेत, चित्ती, ठुलोभोर्ले, सिस्नेरी, बेताङ, सरसिउ, दारघारी, सरमथली, दनुस्वारा, पाटीखर्क, पारच्याङ, युव्रा, गाङ्मर, यार्सा, घोर्मु, आरुखर्क, लाङ्वु, थाङ्दोर, सिङ्वन्धि र चोरेचोलगायतका गाउँमा यातायात सुविधा पुगेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ५ : २३ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र