पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न « Khabarhub

पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि सुरु भएको पन्ध्र दिने मूर्तिकला कार्यशाला आज सम्पन्न भएको छ । 

ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका र एकीकृत सेवा कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको कार्यशालामा २१ भन्दा बढी मूर्तिकार सहभागी भएका थिए । 
 
कार्यशालामा चार पुस्ताका मूर्तिकारले यहाँका ढुङ्गामा दुई दर्जनभन्दा बढी मूर्ति सिर्जना गर्दै अन्तरपुस्ता सीप हस्तान्तरणको अभ्यास गरेका थिए । 

मूर्तिकला र आर्टस् पेन्टिङमा विगत २५ वर्षदेखि कार्यरत अङ्ग्रज मूर्तिकार हेटौँडाका लक्ष्मण भुजेलले यहाँ चलेको कार्यशाला विश्वकै अग्लो उचाइमा आयोजना भएको दाबी गरे । यहाँको उचाइ समुन्द्री सतहदेखि करिब दुई हजार ७०० मिटर रहेको छ । 

 विश्वका आधा दर्जनभन्दा बढी देशमा भएका यसप्रकारका कार्यशालामा सहभागी भुजेलले मूर्तिकला संस्कृतिले ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषय वस्तुलाई पछिल्ला पुस्तासम्म जीवन्त तुल्याउने बताए ।

त्रिभुवन विश्व विद्यालयमा सेन्टर डिपाटमेन्ट अफ फाइन आर्टस विषयमा अध्ययनरत रामेछापकी मूर्तिकार करुणा श्रेष्ठले यहाँको प्रतिकूल मौसमसँग घुलमिल भएर काम गर्ने अवसर पाउँदा पृथक् अनुभव सँगाल्न पाएको उल्लेख गरिन् । 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ६ : ५८ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा