इरानी क्षेप्यास्त्र आक्रमणपछि यूएईले भन्यो : खतरा नियन्त्रणमा छ « Khabarhub

इरानी क्षेप्यास्त्र आक्रमणपछि यूएईले भन्यो : खतरा नियन्त्रणमा छ


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्यपूर्वमा इरान र अमेरिकाबीच भएको युद्धविरामपछि पुनः तनाव बढेको छ। सोमबार इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण सुरु गरेको समाचार सार्वजनिक भएको छ ।

समाचारअनुसार इरानी आक्रमणपछि यूएईको राजधानी अबुधाबी तथा फुजैराह क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् । घटनापछि यूएईको रक्षा मन्त्रालयले देशको हवाई सुरक्षा प्रणाली इरानबाट आएका क्षेप्यास्त्र र मानवरहित ड्रोन (यूएभी)विरुद्ध सक्रिय रूपमा परिचालन गरिएको जनाएको छ ।

यूएई रक्षा मन्त्रालयले जारी गरेको सूचनामा देशका विभिन्न भागमा सुनिएका आवाजहरू हवाई सुरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोन अवरोध गर्दा उत्पन्न भएको उल्लेख गरिएको छ । मन्त्रालयले सर्वसाधारणलाई शान्त रहन, सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न तथा झरेका अवशेष नछुन, नजिक नजान र तस्बिर नखिच्न आग्रह गरेको छ ।

यसअघि सोमबार नै इरानले अमेरिकी युद्धपोतलाई लक्षित गर्दै हर्मुज जलडमरु क्षेत्रमा दुई वटा क्षेप्यास्त्र प्रहार गरेको समाचार सार्वजनिक भएको थियो । त्यस्तै, सोही जलक्षेत्रमा दुई वटा व्यावसायिक पानीजहाजलाई लक्षित गरी पनि हमला गरिएको जनाइएको छ ।

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच युद्धविराम भएको केही समयमै इरानले पुनः आक्रमण सुरु गरेपछि मध्यपूर्वमा सुरक्षा चुनौती थप जटिल बनेको विश्लेषण गरिएको छ। पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव पुनः चर्किन सक्ने संकेत दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ९ : ३८ बजे

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका