गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी « Khabarhub

गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपाल ८१ रनले विजयी भएको छ । नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमन ३९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १७५ रनमा समेटियो ।

नेपालका लागि गुल्शन झा एक्लैले पाँच विकेट लिए । त्यस्तै, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

ओमानका विनायक शुक्लाले ४१ बलमा ३६ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, हमिद मिर्जाले ५१ बलमा ३४ रन जोडे । उनले चार चौका प्रहार गरे । ४३ बलमा २९ रन जोडेका ओमनका हस्नैन उल वहाबले तीन चौका र एक छक्का प्रहार गरे ।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खेल सकिन एक बल अगावै सबै विकेट गुमाएर २५६ रन बनायो । नेपालका आशिफ शेखले सर्वाधिक ९४ रन बनाए । ९७ बलको सामना गरेका उनले सात चौका र पाँच छक्का प्रहार गरे ।

त्यस्तै, अर्जुन कुमालले ८७ बलमा ४८ रन बनाए । उनले चार चौका प्रहार गरे । आरिफ शेखले २४ बलमा ४३ रनको विस्फोटक पारी खेल्दा एक चौका र चार छक्का प्रहार गरे ।

ओमनका लागि नदीम खानले तीन तथा शकील अहमद र हस्नैन शाहले समान दुई विकेट लिए । ओमनका जितन रमानन्दी र आर्यन विष्टले समान एक विकेट लिए ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ४ : २५ बजे

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम