म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा « Khabarhub

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको छ ।

पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र उचित व्यवस्थापन नहुँदा प्राकृतिक उपचार र पर्यटकीयस्थल बनाउन सकिने तातोपानी कुण्ड ओझेलमा परेको हो । बगरको जेल्तुङ गाउँ नजिकै पहाडको फेदी र म्याग्दी नदीको किनारमा जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा प्राकृतिक रूपमा तातोपानी निस्कने मुहान रहेको छ ।

तातोपानी कुण्डसम्म पुग्ने पदमार्गमा झोलुङ्गे पुल, स्नान गर्ने व्यवस्थित पोखरी र आश्रयस्थलको अभाव रहेको कुण्डको विशेषता र महत्व स्थानीयस्तरमै सीमित भएकाले ओझेलमा परेको धवलागिरि गाउँपालिका–४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताए ।

बगरमा निर्माण सुरु भएको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत तातोपानी कुण्डमा महिला र पुरुषका लागि छुट्टाछुट्टै स्नान गर्न मिल्नेगरी पोखरी, आश्रयस्थललगायतका पूर्वाधार निर्माणको तयारी गरेको वडासदस्य तिलिजाले बताए ।

पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन भइसकेको छ । हाल ढुङ्गाले छाएको टहराभित्र रहेको पोखरीमा शरीर डुबाएर स्नान गर्ने व्यवस्था रहेको छ । बगरदेखि दोभान जोड्ने सडकदेखि तातोपानी कुण्ड जाने बाटोमा पर्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि पनि पहल थालिएको छ ।

यस तातोपानीको तलाउमा स्नान गरेमा चोटपटक लागेको, ढाड दुख्ने, छाला, गानोगोला, सर्केमर्केको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने धवलागिरि–४ खिवाङका अमर रसाइलीले बताए ।

हाल बगर, मुदी, नाउरा, खिवाङ, मल्कवाङ, मलम्पार, मराङ, बिम, मुनाका बासिन्दा यहाँको तातोपानी कुण्डमा शरीर डुबाएर स्नान गरी उपचारका लागि आउने गरेका छन् । वार्षिक दुई सयदेखि तीन सय जनाले तातोपानी स्नान गर्न आउने गरेका छन् । बगर गाउँदेखि १० मिनेट पैदलयात्रा गरेपछि पुगिने तातोपानी कुण्ड नजिकैसम्म हालै सडक यातायातको सुविधा पनि पुगेको छ ।

यस तातोपानी कुण्ड र सँगै रहेको अर्मके झरनालाई व्यवस्थित गर्न सकेमा प्राकृतिक उपचारस्थल र पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सम्भावना रहेको छ । तातोपानी कुण्ड र अर्मके झरना चक्रीय धवलागिरि पदमार्गमा समेटिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ७ : २४ बजे

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज