इरानको एक सपिङ सेन्टरमा आगलागी, आठ जनाको मृत्यु « Khabarhub

इरानको एक सपिङ सेन्टरमा आगलागी, आठ जनाको मृत्यु


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा रहेको अन्डिशे सहरस्थित अर्गावन कमर्शल कम्प्लेक्समा भएको भीषण आगलागीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।

इरानको सरकारी टेलिभिजन आईआरआइबीका अनुसार करिब २५० भन्दा बढी व्यापारिक एकाइ सञ्चालनमा रहेको उक्त बहुउद्देश्यीय सपिङ सेन्टरमा आगलागी हुँदा ठूलो क्षति पुगेको छ।

इरानी विद्यार्थी समाचार एजेन्सी (आईएसएनए) ले एन्डिशे सहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनलाई उद्धृत गर्दै स्थानीय समयअनुसार बेलुका ४ः४० बजे आगलागी सुरु भएको जनाएको छ। भवनको बाहिरी भागमा प्रयोग गरिएको मिश्रित निर्माण सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको उनले बताएका छन्।

उद्धार तथा राहत कार्य जारी रहेको छ। आईएसएनएका अनुसार इरान रेड क्रिसेन्ट सोसाइटीका टोलीहरू तालिम प्राप्त कुकुरसहित घटनास्थलमा परिचालन गरिएका छन् र सम्भावित थप फसेकाहरूको खोजी भइरहेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  १२ : ३३ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र