डा. केसीको स्वास्थ्य अवस्था प्रतिकूल, अनसन स्थलबाट सारियो अस्पताल  | Khabarhub Khabarhub

डा. केसीको स्वास्थ्य अवस्था प्रतिकूल, अनसन स्थलबाट सारियो अस्पताल 


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– चिकित्सा क्षेत्रको सुधारका मागसहित १७ औं पटक डडेल्धुरा पुगेर अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल सारिएको छ ।

डडेल्धुरास्थित निर्मला भट्टको निजी निवासमा अनसन बसेका डा. केसीको स्वास्थ्यमा प्रतिकूल समस्या देखिएपछि जनप्रतिनिधि, स्थानीय नागरिकको रोहबरमा अनसन बसेको पाँचौं दिनमा अस्पताल सारिएको हो । उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा राखिएको छ।

डा. केसीको रेखदेखमा संलग्न स्वास्थ्यकर्मीहरुले उनको अवस्था कमजोर बन्दै गइरहेको उनलाई रिंगटा लाग्ने, शारीरिक क्षमतामा कमी आएको, भेटघाटकाक्रममा पनि बोल्न नसक्ने अवस्था आउन थालेको बताएका छन् ।

आजै डा. केसीको समर्थनमा डा केसीका समर्थकले डडेल्धुरामा विशाल प्रदर्शन गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

यसैबीच डाक्टर केसिको जीवनरक्षाको माग गर्दै शनिबार डाक्टर केसीका समर्थकले माइतीघरमा प्रर्दशन गर्ने भएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : ०४ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज