डा. केसीको स्वास्थ्य अवस्था प्रतिकूल, अनसन स्थलबाट सारियो अस्पताल  « Khabarhub

डा. केसीको स्वास्थ्य अवस्था प्रतिकूल, अनसन स्थलबाट सारियो अस्पताल 


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– चिकित्सा क्षेत्रको सुधारका मागसहित १७ औं पटक डडेल्धुरा पुगेर अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल सारिएको छ ।

डडेल्धुरास्थित निर्मला भट्टको निजी निवासमा अनसन बसेका डा. केसीको स्वास्थ्यमा प्रतिकूल समस्या देखिएपछि जनप्रतिनिधि, स्थानीय नागरिकको रोहबरमा अनसन बसेको पाँचौं दिनमा अस्पताल सारिएको हो । उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा राखिएको छ।

डा. केसीको रेखदेखमा संलग्न स्वास्थ्यकर्मीहरुले उनको अवस्था कमजोर बन्दै गइरहेको उनलाई रिंगटा लाग्ने, शारीरिक क्षमतामा कमी आएको, भेटघाटकाक्रममा पनि बोल्न नसक्ने अवस्था आउन थालेको बताएका छन् ।

आजै डा. केसीको समर्थनमा डा केसीका समर्थकले डडेल्धुरामा विशाल प्रदर्शन गरेका थिए । उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

यसैबीच डाक्टर केसिको जीवनरक्षाको माग गर्दै शनिबार डाक्टर केसीका समर्थकले माइतीघरमा प्रर्दशन गर्ने भएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : ०४ बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने

एजेन्सी– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक