‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन कांग्रेसको माग « Khabarhub

‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन कांग्रेसको माग


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन माग गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा नियमावली, २०८३ को मस्यौदाका कतिपय प्रावधानहरू संविधानको मर्म विपरीत र विधिशास्त्रीय दृष्टिकोणले समेत गम्भीर रहेकाले ती विषयहरूलाई सच्चाउनुपर्ने माग गरेको कांग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् ।

असल नियतले सुशासन र सेवा प्रवाह सहजताका लागि गरेका प्रावधानहरूलाई समर्थन गर्ने तर संविधानको भाव विपरीत जारी गरिएका प्रावधानहरूको विरुद्धमा संसद्मा सशक्त आवाज उठाउने निर्णय गरिएको प्रमुख सचेतक थापाले बताइन् । 

साथै बैठकले सरकारले विधायिकी अधिकारको गम्भीर उल्लंघन र संसदीय अभ्यास माथि निर्मम प्रहार गरेको निष्कर्ष निकालेको उनले बताइन् ।

बैठकले वास्तविक सुकुम्वासीको पहिचान, ससम्मान स्थानान्तरण र मर्यादित पुनर्स्थापनाका लागि सदनमा प्रभावकारी आवाज उठाउने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ४ : ५१ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका