रामकृष्णको ‘मालती मंगले’ हेर्न पुगे रवि « Khabarhub

रामकृष्णको ‘मालती मंगले’ हेर्न पुगे रवि


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्ना पुराना साथी रामकृष्ण ढकालले बनाएको चलचित्र ‘मालती मंगले’को प्रिमियरमा सहभागी हुन लबिम मल पुगेका छन् ।

तीन दशक पुराना साथी एवम् गायक ढकाल निर्माता रहेको यो फिल्म हेर्न लामिछाने पुलचोकस्थित लाबिम मल पुगेका हुन् । त्यहाँको क्युएफएक्स सिनेमा हलमा रविले रामकृष्णसँगै उक्त फिल्म हेरिरहेका छन्।

यो फिल्म यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यसअघि पुराना साथी यी दुईले मिलेर ‘तिम्रो आगमनले’ बोलको गीत बनाएका छन् । यो गीतका शब्द लामिछानेको हो भने स्वर ढकालले दिए।

‘मालती मंगले’मा विजय बराल र वर्षा राउतको अभिनय छ । यो चलचित्रको प्रिमियरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि सहभागी छन् ।

तर गत भदौ २४ गते जेल ब्रेक गरेका रविलाई लिन सनरुफवाला आफ्नो गाडी हाँकेर पुगेका रामकृष्ण अहिले विवादमा छन् ।

उनले रविको गैह्रकानुनी काममा साथ दिएको भन्दै फिल्म बहिष्कार ट्रेन्ड नै चलाइएको छ। उनला खरानी ग्याङको सदस्य भन्दै साइबर आक्रमण भइरहेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ७ : २२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र