आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा « Khabarhub

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

बुधबार राति हैदराबादमा सम्पन्न खेलमा पञ्जाब किङ्सलाई ३३ रनले हराउँदै हैदराबाद विजयी भएको हो ।

हैदराबादले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय २ रनमा समेटियो ।

पञ्जाबका कुपर कोनोलीले अविजित १ सय ७ रनको शानदार शतक पार गरे । यस्तै, आर्कुश स्टोइनिसले २८ र सुर्यांशले २५ रन जोडे ।

हैदराबदका प्याट कमिन्स र शिवाङ कुमारले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ४ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो । हैदराबादका हेनरिक क्लासेनले सर्वाधिक ६९ र इशान किशनले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, ट्राभिस हेडले ३८, अभिषेक शर्माले ३५ र कुमार रेड्डीले २९ रन बनाए ।

यो जितसँगै ११ खेलबाट सनराइजर्स हैदराबाद १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको पञ्जाब किङ्स १३ अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ६ : ४० बजे

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको

अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग 

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा