संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव « Khabarhub

संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव

भन्छन्– प्रतिनिधिसभा प्रत्यक्ष मात्रै, राष्ट्रिय सभा पूरै समावेशी


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन् ।

सरकारले संविधान संशोधनको गृहकार्य गरिरहँदा नेता बास्कोटाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्र र पालिका राखेर बाँकी संरचना हटाउन उपयुक्त हुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘पहिला रास्वपा संघियता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस् ।’

यस्तै, उनले राष्ट्रिय सभा १०५ सिटको बनाइ महिला तथा पुरुष ५०–५० प्रतिशत प्रतिनिधित्व गराउन र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने सुझाव दिएका छन् ।

उनले प्रतिनिधि सभाको समानुपातिक सिट खारेज गरेर प्रत्यक्षमा महिला पुरुष ४०–६० प्रतिशत अनिवार्य बनाउनु पर्ने बताएका छन् ।

उनले भनेका छन्– ‘राष्ट्रियसभा १०५ सिट, पूरै समावेसी महिला पुरुष ५०–५० प्रतिशत, उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस् । प्रतिनिधिसभा समानुपातिक सिट खारेज, महिला पुरुष ४०–६० प्रतिशत प्रत्यक्ष । जिसस पर्दैन।’

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  १० : १६ बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६