हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार « Khabarhub

हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ । मनाङबाट थोरङपास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरूको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको हो ।

बुधबार मध्याह्न बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ र थोरङलापास क्षेत्रमा हिमपात भएको थियो । भारतको केरला बस्ने २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्र बिन्दु हिमपातका कारण बारागुङ मुक्तिक्षेत्र–२ स्थित चिसापानी भन्ने स्थानमा पदमार्ग पहिल्याउन नसकी अलपत्र परेका थिए । उनीहरूको बुधबार साँझ उक्त स्थानबाट सकुशल उद्धार गरिएको नेपाली सेनाको इन्द्रबक्स गणले जनाएको छ ।

यसअघि राउण्ड अन्नपूर्ण चर्कीय पदमार्गअन्तर्गत मनाङदेखि थोरङपास हुँदै मुस्ताङ प्रवेश गर्दै गरेका भारतीय दुई पदयात्री हिमपातका कारण पदमार्ग पहिल्याउन नसकी अलपत्र परेको सूचना भारतीय पदयात्री मित्र बिन्दुद्वारा जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई जानकारी गराइएको थियो ।

संयुक्त उद्धार टोलीले हिमपात भइरहेको स्थान बारागुङ मुक्तिक्षेत्र–१ थोरङ्पासको तल्लो क्षेत्र ड्रम क्याम्पबाट साँझ करिब ८ बजे फेला पारी सकुशल उद्धार गरेको इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ३ : ४४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली