कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त « Khabarhub

कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका ७९ स्थानीय तहमा एक चौथाइ कर्मचारी दरबन्दी रिक्त रहेको छ । 

सङ्घीय सरकारको स्वीकृत दरबन्दीअनुसार यहाँका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी कर्मचारीविहीन रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । 

कूल पाँच हजार ६६० स्वीकृत दरबन्दी रहेकामा एक हजार ३६३ दरबन्दी रिक्त रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए । उनका अनुसार कूल दरबन्दीमध्ये चार हजार २९७ कर्मचारी कार्यरत छन् । 

सम्बन्धित पालिकाको पठाएको विवरणअनुसार शिक्षा सेवातर्फ पाँचौँदेखि नवौँ-दशौँ तहका १८३ स्वीकृत दरबन्दीमा १३२ पदपूर्ति र ५१ दरबन्दी रिक्त छन् । इञ्जिनियरिङ सेवातर्फ एक हजार ५५ स्वीकृत दरबन्दीमा ६३४ पदपूर्ति र ४२१ रिक्त रहेका छन् भने यो सेवामा नवौँ-दशौँ तहमा शून्य पदपूर्ति रहेका सचिव विकले बताए। 

उनका अनुसार प्रशासन सेवातर्फ एक हजार ५४१ स्वीकृत दरबन्दीमा एक हजार ६४ पदपूर्ति हुँदा ४७७ रिक्त छ । स्वास्थ्य सेवातर्फ एक हजार ८८४ स्वीकृत दरबन्दीमा एक हजार ७३२ पदपूर्ति र १५२ दरबन्दी रिक्त रहेका जनाइएको छ । 

कृषि सेवातर्फ ८१४ स्वीकृत दरबन्दीमा ५७७ पदपूर्ति र २३७ रिक्त छन् । विविध सेवातर्फ १८३ स्वीकृत दरबन्दीमा १५८ पदपूर्ति र २५ रिक्त रहेका कार्यालयका सचिव विकले जानकारी दिए ।

प्रदेशका ७९ स्थानीय तहमध्ये डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा ५३ दरबन्दीमाध्ये १५ जना मात्र कार्यरत छन् । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १०५ स्वीकृत दरबन्दीमा ११६ जना कार्यरत छन् । यो पालिकामा ११ जना कर्मचारी बढी रहेका कार्यालयका सचिव विकले बताए। 

डोल्पो बुद्धमा दरबन्दीअनुसार कर्मचारी नदेखिनुमा करारबाट काम चलेको हुनसक्ने भन्दै सचिव विकले मुख्यमन्त्री कार्यालयले अब सबै स्थानीय तहको रिक्त दरबन्दीको विवरण मागेर प्रदेश लोकसेवा आयोगमा पठाउने र रिक्त पद पूर्ति गर्ने जनाए । 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ५ : २६ बजे

बन्दीगृहजस्तो कष्टकर होल्डिङ सेल्टरभित्र बढ्दैछ घरझगडा

काठमाडौं- सरकारले डोजर चलाएर लखेटेको सुकुम्बासीलाई अस्थायी रुपमा राखिएको कीर्तिपुरस्थित

पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक

काठमाडौं– १०औँ पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको

‘प्रतिशोधको भावनाले लोकतन्त्र कमजोर हुन्छ’

विराटनगर– कोशी प्रदेश सरकारले पत्रकारिताका माध्यमबाट सूचना सम्प्रेषणमा योगदान पुर्‍याउने