वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ « Khabarhub

वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले कब्जामा रहेको वेस्ट ब्यांकका विभिन्न क्षेत्रमा सञ्चालन गरेको गिरफ्तारी अभियानका क्रममा बिहीबार १७ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

स्थानीय स्रोतका अनुसार इजरायली सेनाले कल्किल्याको पूर्वमा रहेको अजुन सहर र दक्षिणमा रहेको हाबला सहरमा छापा मार्दै १४ जना प्यालेस्टिनीलाई पक्राउ गरेको हो । छापामार कारबाहीका क्रममा सेनाले घरहरूको खोजतलास गर्नुका साथै सामग्रीसमेत तोडफोड गरेको बताइएको छ ।

त्यसैगरी, नब्लुसको पूर्वमा रहेको न्यू अस्कर शरणार्थी शिविरबाट एक जना, हेब्रोनको दक्षिणमा रहेको यट्टा सहरबाट एक जना तथा बेथलेहेमको दक्षिणमा रहेको वाडी राहल गाउँबाट एक युवकलाई पक्राउ गरिएको जनाइएको छ ।

इजरायली सेनाले टुबास सहरमा पनि सैन्य कारबाही सञ्चालन गरेको दाबी गर्दै तम्मुन क्षेत्रमा घर–घरमा छापा मारेको जनाएको छ ।

कब्जा गरिएको वेस्ट ब्यांक र पूर्वी जेरुसेलमका विभिन्न सहर तथा शरणार्थी शिविरमा इजरायली सेनाले दैनिकजसो छापा मार्ने, गिरफ्तारी गर्ने तथा आक्रमण गर्ने गतिविधि जारी राखेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ६ : ०८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली