डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस « Khabarhub

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ।

वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै शर्माले देशको न्यायिक क्षेत्रको नेतृत्व गर्न लागेका हुन् ।

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा वरीयताको चौथो क्रममा रहेका शर्माको नाम सिफारिस गरेको हो ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक राखेका थिए ।

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेनले बिहीबार ५ बजेका लागि बैठक बोलाएका थिए। उक्त बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको असहमतिबीच शर्माको नाम तीनजनाको बहुमतले सिफारिस गरेको हो ।

सिफारिस भएका चौथो वरीयताका शर्मा प्रधानन्यायाधीशमा नियुक्त भए ६ वर्षे कार्यकाल पूरै सर्वोच्च चलाउनेछन्। ०८९ वैशाखसम्म उनले सर्वोच्चको नेतृत्व गर्नेछन् ।

यसअघि नै न्याय परिषद् बैठकले वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरिसकेको छ ।


६ वैशाख ०७६ सर्वोच्च प्रवेश गरेका शर्मा ४ असार ०२७ मा जन्मिएका हुन् । शर्मा प्रधानन्यायाधीश नियुक्त हुँदा उनको कार्यकाल कायम रहँदै ११ न्यायाधीशले अवकाश पाउनेछन् ।

शर्मा प्रधानन्यायाधीशबाट अवकाश हुँदा भने हरि फुयाँलको सेवाअवधि तीन वर्ष बाँकी रहन्छ। अब शर्मा संसदीय सुनुवाइ छिचोलेपछि प्रधानन्यायाधीशमा बहाल हुनेछन् ।

यस बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सहभागी थिए ।

संवैधानिक परिषद् अध्यक्ष बालेनले आफू, कानुन मन्त्री सोबिता गौतम र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल तीनजनाको बहुमतबाट शर्माको नाम सिफारिस गरे।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेलगत्तै परिषदको बैठक बोलाइएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ६ : ५९ बजे

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस