इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई ३–० गोलले पराजित गर्दै उपाधि दौडको आशा जिवितै राखेको छ ।

एतिहाद स्टेडियममा भएको खेलमा सिटीका जेरेमी डोकुले खेलको ६०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए ।

यस्तै, ७५औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिलाए ।

यसैगरी, इन्जुरी समयमा ओमार मार्मुशले गोल गरेसँगै म्यानचेस्टर सिटी ३–० गोलले विजयी भयो ।

यो जितसँगै ३५ खेलबाट म्यानचेस्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ । ५१ अंक जोडेको ब्रेन्टफोर्ड आठौँ स्थानमा । यस्तै, जारी लिगमा समान खेल खेलेको आर्सनल ७६ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ८ : ११ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका