मधेशका चार दलको निर्णय : कांग्रेसकै सरकारलाई निरन्तरता दिने « Khabarhub

मधेशका चार दलको निर्णय : कांग्रेसकै सरकारलाई निरन्तरता दिने


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- सत्तारूढ चार दलले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका छन् ।

आइतबार सत्तारुढ चार दलले यही सरकारलाई निरन्तरता दिँदै वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने निर्णय गरेका हुन् ।

उनीहरूले साझा विज्ञप्तिमार्फत् यथाशीघ्र चाँडो मुख्यमन्त्री यादवले विश्वासको मत लिने पनि निर्णय गरेको जनाएका छन् ।

कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो । गत वैशाख २२ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ४ : ५८ बजे

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

पेरिस- उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान