सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ « Khabarhub

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर (रौतहट)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् । जिल्लाको चन्द्रपुर—२ टेम्पुपार्कमा आज आयोजित कोणसभामा उनले वर्षौंदेखि समस्याका रूपमा रहेका समस्या समाधान गर्दै सुकुमवासीको आवासको हकलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गरे ।

अध्यक्ष घिसिङले संविधानप्रदत्त शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षालगायत मौलिक हक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । “वर्षौंदेखि सुकुमवासी, अव्यवस्थित बसोबासी, भूमिहिन नागरिकका समस्या समाधान भइहरेका छैनन् । एउटा दीर्घकालीन योजना बनाएर अगाडि बढौँ । ऐलानी जमिनमा बसोबास गदै आइरहेका नागरिकका समस्या पनि कानुनी रूपले समाधान गरौँ”, उनले भने ।

चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक जग्गा, राजमार्ग, बजार क्षेत्र, राजकुलोलगायत सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घरटहरालगायत संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरिसकेको छ । नगरपालिकामा दुई हजार ११९ परिवार भूमिहीन दलित, चार हजार ८६६ भूमिहीन सुकुमवासी र ११ हजार ७९५ परिवार अव्यस्थित बासोबासी रहेका जिल्लास्थित भूमि समस्या समाधान आयोगले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ७ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली