न्यूयोर्कका पूर्व मेयर ब्लूमबर्ग अमेरिकी राष्ट्रपतिको चुनाब लड्ने « Khabarhub

न्यूयोर्कका पूर्व मेयर ब्लूमबर्ग अमेरिकी राष्ट्रपतिको चुनाब लड्ने


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्तराज्य अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर एवं अर्बपति व्यापारी माइकल ब्लूमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने तयारी थालेका छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट झण्डै डेढ दर्जन आकांक्षी प्रारम्भिक चुनावी दौडमा छन् । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ७७ वर्षीय ब्लूमबर्गले यसै साता एक अमेरिकी राज्यबाट चुनावका लागि दरखास्त दिने तयारी गरेका छन् ।

ब्लूमबर्गले गत मार्चमा आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका थिए तर अन्ततः चुनावी दौडमा उत्रने तयारी गरेका छन् । तैपनि, ब्लूमबर्गका एक जना सल्लाहकारले ब्लूमबर्गले यससम्बन्धी निर्णय गरिनसकेको जनाए ।

अमेरिकी अर्बपति व्यापारी समेत रहेका ब्लूमबर्गले आफ्ना सहयोगीलाई अमेरिकी राज्य अलाबामाबाट डेमोक्रेटिक पार्टीको प्राथमिक चुनावी प्रतिस्पर्धाका लागि आफ्नो हस्ताक्षर सहित आवेदन गर्न पठाएका छन्। अलाबामा राज्यमा आवेदन गर्ने शुक्रबार अन्तिम म्याद हो ।

अलाबामा राज्यमा पहिलो प्राथमिक चुनाव हुने मात्र होइन, आवेदनको म्याद पनि यहाँ पहिले सकिन्छ ।

डेमोक्रेटिक पार्टीबाट मनोनयन भएमा सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ब्लूमबर्गको भिडन्त अर्का अमेरिकी अर्बपति व्यापारी एवं राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।

अमेरिकी धनाढ्य ब्लूमबर्गको चुनावी दौडले हालसम्म डेमोक्रेटिक पार्टीका तर्फबाट अग्रपंक्तिमा देखिएका जो बाइडेनमाथि मुख्य चुनौती खडा गर्नेछ ।

अमेरिकी वित्तीय राजधानी वालस्ट्रिट निकट मानिएका ब्लूमबर्गले राष्ट्रपतिको दौडमा रहका अर्का प्रभावशाली उम्मेदवारहरु एलिजाबेथ वारेन र बर्नी स्यान्डर्सलाई बामपन्थी झुकाव राख्ने भन्दै आलोचना पनि गर्ने गरेका छन् ।

न्यूयोर्क पोस्टमा छापिएको एक समाचारमा ब्लूमबर्गका निकटस्थले “ब्लूमबर्गको विचारमा जो बाइडेन कमजोर छन् र स्यान्डर्स एवं वारेनले चुनाव जित्दैनन् ।”

ब्लूमबर्गको उपस्थितिले डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार हुन चाहनेका आकाँक्षीको भिडमा अरु एक व्यक्ति थपिनेछन् । हाल १७ जना नेता उम्मेदवारी दौडमा छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  २ : ०६ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई