सरकारलाई घेर्ने तयारीमा विपक्षी दल, पहिलो बैठकमै प्रश्न उठाउने « Khabarhub

सरकारलाई घेर्ने तयारीमा विपक्षी दल, पहिलो बैठकमै प्रश्न उठाउने


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बस्न लागेको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरूले सरकारमाथि प्रश्न गर्ने तयारी गरेका छन् ।

वर्षे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे बस्ने कार्यतालिका आएसँगै विपक्षी दलहरू सरकारको प्रतिरोधमा उत्रिने तयारीमा जुटेका हुन् ।

यस बैठकमा संवैधानिक परिषद्लगायत सरकारद्वारा जारी अध्यादेश र सुकुमबासीको व्यवस्थापनका नाममा गरिएको ज्यादतीलाई लिएर विपक्षीहरूले सामूहिक प्रतिवादको तयारी गरेका हुन्।

यसलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरू एकमत देखिएका छन् । सरकारविरुद्ध एकजुट हुनका लागि कांग्रेस, नेकपा एमाले र नेकपाका नेताहरूबीच आन्तरिक छलफल पनि भएको छ।

सोमबारका लागि सरकारले प्रतिनिधिसभाका तीनवटा बैठक बोलाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यतालिका भएको छ।

पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकार स्वेच्छाचारी बन्दै आएको आरोप विपक्षीहरूले लगाइरहेका छन् । उनीहरूले सरकारलाई दबाब दिन सामूहिक रुपमा संसद्मा विपक्षी आवाज उठाउन लागेका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ०० बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र