सांसद दुलालको आक्रोश : राज्यले डोजर आतंक मच्चायो, आत्महत्या दुरूत्साहन मुद्दा किन नलगाउने ? « Khabarhub

सांसद दुलालको आक्रोश : राज्यले डोजर आतंक मच्चायो, आत्महत्या दुरूत्साहन मुद्दा किन नलगाउने ?


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका सांसद युवराज दुलालले प्रतिनिधिसभाको बैठकमा सरकारले सुकुम्बासी बस्तीमाथि चलाइएको डोजर प्रकरणलाई ‘राज्य आतंक’ भनेका छन्।

उनले विधिको शासनको साटो अध्यादेशबाट देश चलाउने प्रयासलाई निरंकुशतन्त्रतर्फको अभ्यास भनेर आलोचना गरे।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सांसद दुलालले भने, ‘राज्यले नागरिकमाथि डोजर आतंक मच्चाएको छ। सुकुम्वासीहरूलाई २४ घण्टा पनि समय नदिई हटाएको छ। यो राज्य आतंक र नागरिकमाथिको ज्यादती हो।’

उनले बल्खु खोलामा आत्महत्या गरेका इन्द्रबहादुर राई जस्ता सुकुम्बासीको आत्महत्या प्रकरणलाई उल्लेख गर्दै प्रश्न गरे, ‘इन्द्रबहादुरहरूले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने?’

सांसद दुलालले सरकारले विधिको शासनको वकालत गर्ने तर अध्यादेशबाट देश चलाउन खोजेको आरोप लगाए। उनले भने, ‘विधिको शासनको वकालत गर्ने सरकार अध्यादेशबाट देश चलाउन खोज्दैछ। यो के लोकतन्त्रको अभ्यास हो या निरंकुशतन्त्रतिरको अभ्यास हो?’

संवैधानिक परिषद् सम्बन्धी विषयमा बोल्दै उनले भने, ‘संवैधानिक परिषद्मा ६ जनामा तीनजनाको बहुमत हुन्छ भन्ने वकालत गरिँदैछ। यो ठीक हो? संवैधानिक परिषद्मा उपस्थित अन्यको कुनै औचित्य हुँदैन लोकतन्त्रमा।’

अन्त्यमा उनले सरकारलाई चेतावनी दिँदै भने, ‘विधिको शासन मिच्ने कामबारे यो सरकारले जवाफ दिनुपर्छ।’

अहिले सत्तापक्ष र प्रतिपक्षबीच अध्यादेश र सुकुम्बासी समस्या निकै चर्किएको छ। दुलालको अभिव्यक्तिजस्तै अन्य प्रतिपक्षीले पनि सरकारविरुद्ध चर्को आवाज उठाएका छन्।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  २ : ४३ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र